- Loading...
मलबाट घाटा
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

सरकारले समयमा मल खरिद नगर्दा ६४ करोड घाटा लागेको छ । महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार कम्पनीले समयमै खरिद योजना नबनाई हतारमा मल खरिद गर्दा लागत मूल्य बढी परेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य घटबड भैरहने प्रवृत्ति रहेको हुँदा समयमा खरिद योजना बनाई खरिद गर्न नसक्दा ६३ करोड ९४ लाख ७० हजार रुपैयाँ बढी लागत परेको छ प्रतिवेदनमा उल्लेख गरिएको छ । लागत कम पर्ने गरी योजना बनाई खरिद गर्नु पर्ने बताईएको छ । प्रतिवेदन अनुसार साल्ट टे«डिङ कर्पोरेसनले बहराइनबाट प्रति मेट्रिक टन ३२ हजार ६ सय ६८ रुपैयाँका दरले २७ हजार १ सय ९१ मेट्रिकटन युरिया मल खरिद गरेको छ । त्यसैगरी, चीनबाट प्रति मेट्रिक टन ४१ हजार ३७ सयका दरले ५७ हजार ७ सय ४६ मेट्रिक टन खरिद गरेको छ । चीनबाट खरिद गर्दा प्रति मेट्रिकटन ८ हजार ३ सय ६९ रुपैयाँका दरले ४८ करोड ३२ लाख ७६ हजार रुपैयाँ बढी लागत पर्न गएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले चीनबाट आयात गरी एक कम्पनीबाट औसतमा प्रति मेट्रिक टन ४६ हजार ६९ रुपैयाँका दरले २२ हजार १ सय ५९ मेट्रिक टन डिएपी मल खरिद गरेको छ ।


