FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चिया पत्ति बिग्रँदै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १० पटक पढिएको
    चिया पत्ति बिग्रँदै

    चिया मजदुर आन्दोलनमा लागेर चिया टिप्न चिया बगानमा चिया बिग्रन थालेको छ ।करोडौं मुल्यको हरियो चियापत्ती त्यसै खेर जाँदा चिया क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु पर्ने देखिएको छाडेपछि छ । यो समय चियाको पहिलो टिपाइ अर्थात फस्ट फ्लस टिप्ने समय भएकोले यसलाई गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ । तर यो समयमै चिया मजदुर आन्दोलनमा उत्रिए पछि चिया खेर जाने अवस्थामा पुगेको छ । झापा जिल्लामा साना ठूला गरी पाँच सय भन्दा बढी बगान र तीन दर्जन जति प्रशोधन कारखाना रहेका छन् । चिया मजदुरले आफूहरूले राखेको माग पूरा नभए सम्म बगान नफर्कने गरी सडकमा निस्किएको बताएका छन् । तर बगान सञ्चालकले भने चिया मजदुरलाई सरकारले तोकेबमोजिम पारिश्रमिक दिए चिया बगान सञ्चालन गर्न नसक्ने बताएका छन् ।

    जसका कारण यो वर्ष नेपालमा चिया उत्पादन र निर्यात घट्ने देखिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका अनुसार जिल्लामा फस्ट फ्लस पत्ती ३५ लाख केजी उत्पादन हुन्ने गरेको छ । झापामा उत्पादित फस्ट फ्लस पत्तीबाट ७ लाख भन्दा बढी केजी तयारी चिया उत्पादन गर्न सकिने कार्यलयले जनाएको छ । अब त्यो उत्पादन पनि घट्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ । मजदुर आन्दोलनका कारण यो वर्षको फस्ट फ्लस पत्ती सबै बिग्रिसकेको छ । फस्ट फ्लस पत्ती नै टिप्न नपाउँदा यो वर्ष चिया क्षेत्रले ठूलो नोक्सानी व्यहोर्ने देखिएकोछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित