- Loading...
बर्डफ्लुको सङ्क्रमण रोकिएन
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम अझै रोकिएको छैन ।पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लु पुष्टि भए पछि सरकारले हाल सम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हाल सम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ । पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९ सय ३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २ सय १५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८ सय ९० अण्डा र दुई हजार ९ सय ९३ केजी दाना नष्ट गरिएको छ ।

त्यस्तै कास्कीमा ७७ कुखुरा, ८५ अण्डा र ३८ केजी दाना नष्ट गरिएको जानकारी दिनु भयो । मोरङमा एक हजार ८ सय ३२ कुखुरा, १० हजार २ सय ९० अण्डा र १५ सय केजी दाना नष्ट गरिएको छ । त्यस्तै सुनसरीमा ८ सय ७४ हाँस, एक हजार ६ सय ८० अण्डा र तीन सय केजी दाना नष्ट गरिएको छ । सरकारले नष्ट गरेका पन्छीको क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालयका प्रमुखको रोहबरमा ७५ प्रतिशत सम्म क्षतिपूर्ति दिने गरेको छ ।

