FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अवैध कपडा बरामत

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    अवैध कपडा बरामत

    भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्रदै गरेको अवस्थामा वारा शसस्त्र प्रहरीले ठूलो परिमाणको कपडा थान र दुई वटा ट्याक्टर सहित चालक लाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ स्थित खुदिमा बहर इलाकाबाट ट्याक्टरको टूली मुनी लुकाएर ल्याउदै गरेको सामान पक्राउ गरिएको हो । ससस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी महोत्तरीको सूचना सहयोग तथा शसस्त्र प्रहरी बल नेपाल बाट परिचालित आई डी १३ २३ का सहायक प्रहरी निरिक्षक राजेश फुयालको टोलिले पक्राउ गरेको छ । 

    भन्सार छली नेपाल तर्फ ना १ त ७७६६ नम्बरको ट्याक्टरको प्रयोग गरी अनुमानित ६ लाख मुल्य बराबरको कपडा सहितको ट्याक्टर पक्राउ गरिएको हो । सोही दिन नै विश्रामपुर गाउँपालीका ४ स्थीत टोला इलाकामा ना ४ त ३३२८ नम्बरको मेल्सी ट्याक्टरको प्रयोग गरी अनुमानित मूल्य तेह्रलाख रहेको कपडा सहितको ट्याक्टर पक्राउ गरिएको हो । चालकहरु नागा यादव र मुनिलाल पटेललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी बिओपीमा राखेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित