- Loading...
तरकारी खेतीमा आकर्षण
- कृषि टि.भी.
- ४ साल अघि
- २७ पटक पढिएको

बैतडीको शिवनाथका बासिन्दा सामूहिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । शिवनाथ गाउँपालिका –५ राजीखोलाका कृषकहरुले दुई वर्ष देखि सामूहिक रुपमा तरकारी खेती गरिरहेका हुन् । साडा नेपालद्वारा सञ्चालित पहल कार्यक्रमले राजीखोला बहुउपयोगी पानी प्रणाली योजना लागू गरे पछि उनीहरुले तरकारी खेतीको सुरुवात गरेका हुन् । किसानले अहिले बन्दा, प्याज, आलु लगायत सबै किसिमका तरकारीको खेती गरिरहेका छन् । किसानहरुलाई उक्त कार्यक्रमले शुरुमा बीउ बिजनमा सहयोग गर्नुका साथै आधुनिक तरकारी खेतीबारे विभिन्न किसिमका तालीम तथा ज्ञान दिएको थियो । पाँच रोपनीमा तरकारी खेती गर्दा वार्षिक एक लाख आम्दानी हुने गरेको कृषकले बताएका छन् । व्यवसायिक तरकारी खेतीमा लागे पछि सामान्य घरायसी खर्च गर्न समस्या नहुने किसानको भनाई छ । तर कुनै समय भने उत्पादीत तरकारीले बजार नपाउँदा समस्या हुने गरेको उनिहरुको गुनासो छ । तीन चार घण्टा सम्म तरकारी बोकेर बजार सम्म लैजाँदा पनि तरकारी बिक्री नहुँदा समस्या हुने गरेको उनिहरुको mभनाई छ ।


