- Loading...
कृषि पुरस्कार बुढाथोकीलाई
- कृषि टि.भी.
- ४ साल अघि
- १७ पटक पढिएको

रुद्र गौरी श्री अम्बिका ओली प्रष्ठिान पुुरष्कार ३५ वर्ष सम्म कृषि विभागमा रहि नेपाल कृषि अनुसन्धान परिषद् नार्क तथा लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कार्य गर्नु भएका डा. केदार बुढाथोकिलाई प्रदान गरिएको छ ।समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदैं व्यक्तिगत तथा संस्थागत रुपमा अनुकरणीय कार्य गर्दै आएका उत्कृष्ट व्यक्ति तथा संस्थाको सम्मान गर्ने उदेश्यले पुरस्कार वितरण गरिएको हो । बुढाथोकिलाई कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१८ प्रदान गरिएको हो । यूनिर्भ्सिटि अफ लण्डनबाट अफ सिजन फ्रेश ओनियन प्रोडक्सन एज दि क्यास क्रप्स मा उहाँले विद्यावारिधि हाँसिल गर्नु भएको थियो । उहाँको नेतृत्वमा वर्णशंकर विधिद्धारा नेपालमा प्रथम पटक ओइलाउने, पछौटे, डढुवा रोग नलाग्ने बढी उत्पादन दिने श्रजना जातको टमाटर विकास भएको थियो । किसानहरुको लोकप्रिय श्रजना जातको टमाटर हाल देशको ५५ जिल्लामा तथा ४० हजार हेक्टरमा खेती भैरहेको छ । यसका अलावा त्रिसना, सम्झना, डाक्टर ३ र डाक्टर सरीता नामक वर्णशंकर जातहरु डा. बुढाथोकीले विकास गर्नु भएको छ । उहाँलाई नेपालको टमाटरका पीताको नामले समेत चिन्ने गरिन्छ । ओली प्रतिष्ठानबाट कृषि पुरस्कार पाउने उहाँ छैठौं कृषि वैज्ञानिक हुनु हुन्छ ।।


