FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गहुँ उत्पादनमा वृद्धि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    गहुँ उत्पादनमा वृद्धि

    समयमा आकासे पानी परे पछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लगाउने समयमा पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् । गत वर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४ सय मैट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७ सय मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा २३ हजार ३ सय मेट्रिक टनले बढी भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।  गत वर्ष प्रतिहेक्टर ३ दशमलव २ मेट्रिक टनको दरले उत्पादन भएकोमा यस वर्ष प्रति हेक्टर ३ दशमलव ६ मेट्रिक टन उत्पादन भएको केन्द्रको भनाई छ । यस वर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको हो । गत वर्ष एक अर्ब ८३ करोड चार लाखको गहँु उत्पादन भएकोमा यस वर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित