FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाजुरामा स्याउ खेती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    बाजुरामा स्याउ खेती

    बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ ।गाउँ कार्यपालिकाको निर्णय अनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ० दशमलव २५ हेक्टरमा शुरु गरिएको हो । कृषि विकास शाखाले परीक्षणका लागि पहिलो पटक उक्त खेती शुरु गरेको जनाएको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गरिएको हो । गौमूलमा स्थानीय जातका स्याउ खेती उत्पादन नभए पनि उन्नत जातको बिरुवा ल्याएर परीक्षण खेती शुरु गरेको कार्यलयले बताएको छ । चिसो हिमाली भेगमा उत्पादन गर्न सकिने स्याउको प्रजातिबारे प्राविधिक सल्लाह अनुसार नै उन्नत जातको स्याउ खेती शुरु गरिएको हो । अरू स्याउ भन्दा पोषिलो र बढी उत्पादन हुने सल्लाह अनुसार हावापानी अनुकूल स्थानमा परीक्षणका लागि बिरुवा लगाइएको हो ।   गौमूल गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिलाई समन्वय गरेर स्याउ खेती शुरु गरेको हो । पहिलो पटक परीक्षणस्वरुप गौमूल गाउँपालिका–१ मा सुदूरपश्चिम प्रदेशमै पहिलो पटक खेती शुरु गरिएको गाउँपालिकाले बताएको छ । स्याउ समुद्री सतह देखि एक हजार ८ सय मिटर भन्दा माथि फल्ने भएकाले परीक्षणका लागि पहिलो पटक ५ सय वटा मात्र विरुवा रोपिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित