- Loading...
उखु खेती विस्तार
- कृषि टि.भी.
- ४ साल अघि
- २३ पटक पढिएको

कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालय मार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको हो । वर्षायाममा हरेक वर्ष कैलाली र कञ्चनपुरमा बाढी र डुबानको ठूलो समस्या हुने गरेको छ । उखु खेती क्षेत्र विस्तार कार्यक्रमले बाढी र डुबानबाट जोगिन टेवा पु¥याउने, कृषकको आय आर्जन बढ्ने र आवश्यक परिमाणमा उखु खरिद गर्न नसकिरहेका चिनी उद्योगलाई उखुको उपलब्धता हुने लक्ष्य राखिएको छ ।

मन्त्रालयले कैलालीका कैलारी गाउँपालिका र भजनी नगरपालिका, कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाँटा, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई करिब ६ सय ११ बिघा जग्गामा पुग्ने ३९ हजार ७ सय १ क्वीन्टल उखुको बीउ वितरण गरेको हो । कार्यक्रमका लागि मन्त्रालयबाट एक करोड १९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्थानीय रुपमा उत्पादन भएको उखुको गुणस्तरीय बीउ नै किसानलाई वितरण गरिएको हो । स्थानीय क्षेत्रमा उत्पादित बीउ वितरण गरिए पछि बीउ उत्पादक सम्बन्धित कृषकले उचित मूल्य पाएका छन् ।

