- Loading...
आलु उत्पादनमा वृद्धि
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ ।आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ । यस पटक डडेल्धुरामा २५ हजार मेट्रीक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले गत वर्ष ५० मेट्रीक टन आलुको बिउँ वितरण गरेको थियो भने यो वर्ष करीब १ सय मेट्रीक टन आलुको बिउँ अनुदानमा वितरण गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत डडेल्धुरालाई आलु उत्पादनको ‘सुपर जोन’ क्षेत्र घोषणा गरे पछि किसान आलु खेती तर्फ उत्साहित भएका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थाले पछि केही वर्ष यता देखि आलु खेती तर्फ किसानको आकर्षण बढ्दै गएको हो । आलु खेती तर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम अन्तर्गत अनुदानमा आलुको बिउँ वितरणका साथै प्राविधिक सहयोग समेत गर्दै आएको छ । डडेल्धुरामा हिउँदे आलु ५ सय ५५ हेक्टर क्षेत्रफलमा र वर्षे आलु २ सय ८५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।


