- Loading...
कारागारमा चामल बेच्दै संस्थान
- कृषि टि.भी.
- ४ साल अघि
- ३८ पटक पढिएको

गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेको नेपाल खाद्य संस्थानले बेच्ने चामलको मुख्य खरिदकर्ता कारागार रहेको छ । संस्थानको पोखरा शाखामा हाल ५ सय क्विन्टल चामल मौज्दात रहेको छ । यहाँबाट पहाडी जिल्लाहरु खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । संस्थानले गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोट स्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको छ । उक्त शाखाले कास्की कारागारमा मासिक २ सय क्विन्टल र अन्य कारागारमा मासिक १ सय क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । कारागारमा सोना मन्सुली चामल र अन्य सर्वसाधारणका लागि जिरा मसिनो चामल संस्थानले बिक्री हुँदै आएको छ । मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइ सकिएको र माग हुनासाथ थप चामल पठाइने कार्यलयले जनाएको छ । ती दुई जिल्लामा सर्वसाधारणका लागि माग बमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।


