FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्राङ्गारिक बिज्ञ सम्मेलन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    प्राङ्गारिक बिज्ञ सम्मेलन

    कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र बिसादी निरुत्साहित गरि प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्च स्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिनु भएको छ । आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने कार्यक्रम तय भैसकेको छ । सम्मेलनमा स्वदेशी र बिदेशी गरि करिब १ सय ५० जना बिज्ञको सहाभागिता रहने छ । सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी बिकास रज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ ।   कार्यक्रम प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताउनु भयो । सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिबेदन तयार गरि जेठको पहिलो हप्ता सम्ममा प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ । प्राङ्गारिक खेतिलाइ प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिले सम्म सातै प्रदेस र उपत्यकामा गरि १० वटा अन्तर्कृया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित