FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गहुँको मूल्य निर्धारण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    गहुँको मूल्य निर्धारण

    अधिकांश किसानले गहुँ बेचिसकेपछि कैलालीमा गहुँको मूल्य निर्धारण गरिएको छ ।शुक्रवार देखी लागू हुने गरी नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले गहुँको मूल्य निर्धारण गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले टिकापुर र धनगढी क्षेत्रका लागि फरक–फरक मूल्य निर्धारण गरेको हो । टिकापुर क्षेत्रमा दुई हजार ६ सय ५० रुपैयाँ प्रति क्विन्टल र धनगढी क्षेत्रका लागि दुई हजार ७ सय ५० रुपैयाँ प्रति क्विन्टल निर्धारण गरिएको छ । प्रत्येक वर्ष ढिलो गरी मूल्य निर्धारण गरिदा किसानहरू भने मर्कामा पर्ने गरेका छन् । अधिकांश किसानले गहुँ बेचिसकेपछि स्थानीय प्रशासनले गहुँको मूल्य निर्धारण गरेको किसानले गुनासो गरेका छन् । समयमै मूल्य निर्धारण नहुँदा अधिकांश किसानले सस्तोमा गहुँ बिक्री गरेका छन् ।   स्थानीय तथा सीमा बजार र उद्योग वाणिज्य संघको आधिकारिक मूल्य दरलाई हेरेर मूल्य निर्धारण गरिएको हो । कैलाली उद्योग वाणिज्य संघले टिकापुर क्षेत्रका लागि दुई हजार ६ सय ५० देखि दुई हजार ७ सय ५० र धनगढी क्षेत्रका लागि दुई हजार ७ सय देखि दुई हजार ८ सय मूल्य सिफारिस गरेको थियो । कैलाली कञ्चनपुरमा करिब ५४ हजार हेक्टरमा गहुँ खेती हुँदैं आएको छ । सो क्षेत्रमा गत वर्ष एक लाख ६३ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । गत वर्ष कैलालीमा मात्रै एक लाख ३ हजार मेट्रिक टक गहुँ उत्पादन भएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित