- Loading...
बीऊमा अनुदान
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

सुदूरपश्चिम प्रदेश सरकारले मसिनो धान प्रवद्र्धन गर्न किसानलाई बीऊमा ५० प्रतिशत अनुदान दिने भएको छ ।प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लाका किसानलाई समेत बीऊमा ५० प्रतिशत अनुदान दिएर मसिनो धान उत्पादन गर्ने लक्ष्य लिएको छ । मन्त्रालयका अनुसार प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मसिनो धानलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्न अनुदानको कार्यक्रम ल्याइएको हो । कैलाली र कञ्चनपुरमा पनि २ सय विगाह क्षेत्रफलमा मसिनो धान खेती विस्तार हुने लक्ष्य राखिएको छ । मन्त्रालयले डोटीमा जोरायली मसिनो धान, बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धानको बीऊमा ५० प्रतिशत अनुदान दिने भएको छ । डोटीमा ६० हेक्टर जग्गामा यसवर्ष मसिनो जोरायली धान र अन्य जिल्लामा २०—२० हेक्टर खुम्लटार धान खेती विस्तार गर्ने लक्ष्य राखिएको छ । मसिनो मंसुली, सुगन्धीत धान, सुख्खा ३ र ६ धान उत्पादनमा पनि जोड दिने योजना छ । सुदूरपश्चिममा मात्र वार्षिक झण्डै २ अर्ब बढिको मसिनो चामल आयात हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा चैते धान उत्पादन क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत १ करोड ९० लाख बजेट बिनियोजन गरिएको छ । कैलाली र कञ्चनपुरमाको १ लाख ४६ हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमध्ये १ लाख १९ हजार ७ सय ४६ हेक्टरमा धानखेती गरिँदै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कैलालीमा कुल ३७ हजार ५ सय मेट्रिकटन र कञ्चनपुरमा १६ हजार ९ सय ३६ मेट्रिकटन धान उत्पादन भएको थियो ।।


