- Loading...
जडीबुटी प्रशोधन केन्द्र
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको छ । नवलपरासी स्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेट समेत विनियोजन गरिएको छ । प्रदेशका ११ वटा जिल्ला भित्र कहा जडीबुटी सङ्कलन केन्द्र र प्रशोधन केन्द्र बनाउने भन्ने बारे समिति गठन गरी अध्ययन शुरु गर्न लागिएको हो । उक्त सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पूँजीगत अनुदानबाट आधुनिक उपचार भवन निर्माण गर्न लागिएको हो । तीन तलाको सुविधा सम्पन्न आधुनिक भनव निर्माणका लागि १० करोड ७१ लाख ७९ हजार २ सय ९० रुपैयाँ खर्च लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ । भवनका लागि हाल प्रदेश सरकारबाट एक करोड विनियोजन गरिएको छ । भवन निर्माण भएसँगै थप दुई सय बिरामीलाई आवासीय रुपमा सेवा प्रदान गर्न सकिने जनाइएको छ । उक्त चिकित्सालय १ सय ५० शैया क्षमताको हुने छ ।


