- Loading...
चिया विदेश निर्यात
- कृषि टि.भी.
- ४ साल अघि
- २३ पटक पढिएको

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ ।
चिया खेती विस्तार सँगै उत्पादन वृद्धि भए पछि निर्यात बढेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वार्षिक सवा तीन अर्ब रुपैयाँको चिया निर्यात भएको छ । पछिल्लो पाँच वर्षमा चिया उत्पादन र निर्यात बढेको छ । आर्थिक वर्ष २०७४÷ ७५ मा तीन अर्ब २५ करोड १६ लाख रुपैयाँको निर्यात भएको बोर्डले जनाएको छ । पाँच वर्षको अवधिमा निर्यात बढेर १५ हजार ६ सय ८५ टन पुगेको छ । पाँच वर्षको अवधिमा एक अर्ब २२ करोड २२ लाख रुपैयाँको चार हजार दुई सय ८९ मेट्रिक टन चिया धेरै निर्यात भएको छ । यो वर्ष चैतबाट किसानले चिया टिप्न सुरु गरेका छन् । चिया निर्यात जन्य बाली भएकाले उत्पादन बढेर निर्यात पनि बढेको चिया तथा कफी विकास बोर्डको भनाई छ । चिया उद्योग, बिरुवा तथा नर्सरीमा अनुदान दिए पछि किसान र लगानीकर्ताको आकर्षण देखिएको छ । बाँझो जग्गामा लगाएपछि धेरै वर्ष उत्पादन दिने भएकाले चिया खेती किसानको रोजाईमा पर्न थालेको हो । उत्पादीत चिया मध्ये अर्थोडक्स चिया १० प्रतिशत र सिटिसी चिया ५० प्रतिशत विदेशी बजारमा बिक्री हुने गरेको छ । पछिल्लो समय पूर्वी नेपालमा मात्र नभएर अन्य जिल्लामा पनि चिया खेती विस्तार भएकाले उत्पादनमा बृद्धि हुँदैै गएको छ ।


