- Loading...
जुनारमा विषादी
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

सिन्धुलीमा उत्पादीत जुनारमा किरा नियन्त्रण गर्न जुनारमा विषादी छर्किन थालिएको छ । क्षेत्रगत किरा नियन्त्रण कार्यत्रम अन्तर्गत गोलन्जोर गाउँपालिका ७ मझुवाबाट किरा व्यवस्थापनका लागि प्रोटिन वेट छर्कन थालिएको हो । जुनार सुपरजोन कार्यालयका अनुसार मझुवा र कमलामाई नगरपालिका ३ जलकन्यामा विषादी छर्किएको छ । त्यस्तै गोलन्जोर १ को डाडुभन्ज्याङ, २ को विक्तिजोर र वडा नम्बर ४ को तीनकन्यामा विषादी छर्ने कार्यक्रम रहेको छ । त्यस पछि गोलन्जोर ५ को नयाँखर्क, चिसापानी, खनियाँखर्क र तीन पाटन गाउँपालिका १ को तोस्रामखोलामा विषादी छर्ने कार्यक्रम रहेको छ । विषादी छर्नका लागि २५ जना प्राविधिक खटाइएको सुपरजोन कार्यलयले जानकारी दिएको छ ।

जुनार कृषक र सुपरजोन कार्यालयको ५० ÷ ५० प्रतिशत लगानीमा विषादी खरिद गरिएको हो । प्राविधिक सहयोग भने सुपरजोन कार्यालयले प्रदान गरिरहेको छ । यो बेला फल कुहाउने औंसाको फुल पार्ने समय भएकाले प्रोटिन वेट स्प्रे गर्दा किरा मर्ने बताईएको छ । गत वर्ष गोलन्जोर ४ तिनकन्यामा नमुनाका रूपमा प्रोटिन वेट प्रयोग गर्दा क्षेत्रगत किरा नियन्त्रण कार्यत्रम प्रभावकारी देखिए पछि यस वर्ष जिल्लाका सम्पूर्ण जुनार क्षेत्र भरि नै प्रोटिन वेट प्रयोग गर्न लागिएको हो । यस वर्ष भने ८ सय १७ रोपनी क्षेत्रफलका लागि विषादी आएको जुनार सुपरजोन कार्यलयले जनाएको छ ।

