FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चिया खेती विस्तार

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    चिया खेती विस्तार

    नौ खर्बको व्यापारघाटा रहेको वर्तमान अवस्थामा नेपाली चिया क्षेत्र आत्मनिर्भर भएको छ । आर्थिक वर्ष २०७४÷ ७५ मा ३ अर्ब २५ करोड रुपैयाँ बराबारको एक लाख ५२ हजार ६ सय ८५ मेट्रिकटन चिया निर्यात भएको नेपाल चिया तथा कफि विकास बोर्डको तथ्याङ्क छ । यद्यपी उक्त आर्थिक वर्षमा १२ करोड रुपैयाँ बराबरको ३ सय ७२ मेट्रिकटन चिया आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । नेपालमा पछिल्लो समय २ करोड ४८ लाख केजी तयारी चिया उत्पादन भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार एक करोड ८८ लाख केजी सिटिसि तथा ५९ लाख केजी अर्थोडक्स चियाको उत्पादन भएको छ । कुल क्षेत्रफल मध्ये १३ हजार ९ सय २७ हेक्टरमा साना किसान तर्फको खेती विस्तार भएको छ ।   साना चिया किसानहरुको संख्या करिब १५ हजार १ सय पुगेको छ । हाल तराईमा ३२ वटा सिटिसी र २ वटा अर्थोडक्स चिया प्रशोधन केन्द्रहरु सञ्चालनमा रहेका छन् । चिया उद्योगले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । आर्थिक वर्ष २०७४÷ ७५ को तथ्याङ्क अनुसार २८ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा चिया खेतीको विस्तार भई सकेको छ । यसको विस्तार पुर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुका अलावा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ लगायत जिल्लाहरुमा समेत उत्साहजनक रुपमा विस्तार भइरहेको बोर्डले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित