FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अर्थ समिति

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिनुपर्ने विषयका बारेमा सातै प्रदेशबाट संकलित सुझाव पेश गरिएको छ ।

    सिहदरबारमा बुधबार बसेको बैठकमा समिति अन्तर्गतको उपसमितिले सुझाव पेश गरेको हो । अर्थ समितिले दुईटा उपसमिति बनाएर सातै प्रदेशमा आगामी बजेटमा समावेश गरिनु पर्ने विषयबारे सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलपछि प्राप्त सुझावहरुलाई समेटेर तयार पारिएको प्रतिवदेन उपसमितिहरुले बैठकमा पेश गरेका हुन् । बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांसदहरुले दिएको सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने आश्वासन दिनुभयो । खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक स्रोतले भ्याउने हदसम्मको लोकप्रिय पपुलिस्ट बजेट बनाउने धारणा पनि राख्नुभयो । अर्थमन्त्री खतिवडाले बजेट राजनीतिक अर्थशास्त्र भए पनि वित्तीय स्रोत विना त्यो कार्यान्वयन नहुने भएकाले स्रोत हेरेर लोकप्रिय बजेट तयार गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री खतिवडाले कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा आफू छलफलमा रहेको बताउनुभयो ।बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन्तुलित विकास अहिलेको आवश्यकता भएको भन्दै पहुँचका आधारमा बजेट विनियोजन हुन नहुने बताउनुभयो । त्यस्तै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मनेतर्फ सचेत हुुनुपर्ने बताउनुभयो ।पूर्वअर्थमन्त्रीद्वय पाण्डे र कार्की नेतृत्वको फरकफरक टोलीले सातवटै प्रदेश राजधानी र व्यापारिक केन्द्र पुगेर सुझाव संकलन गरेको थियो । समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार स्थानीय तह एवं प्रदेशका प्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले स्थानीय तहसम्म कार्यान्वयन हुने आयोजनाको बलियो अनुगमनका लागि जोड दिइएको छ । समितिले विहीबार काठमाडौंबाट सुझाव संकलन गर्ने तयारी गरेको छ । त्यसरी प्राप्त हुने सुझाव बजेट निर्माण अघि अर्थमन्त्रीलाई हस्तान्तरण गरिने समितिको तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित