
- Loading...
राज्य व्यवस्था समिति
- कृषि टि.भी.
- ४ साल अघि
- २९ पटक पढिएको

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधयेकमाथि दफावार छलफल भएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकमा निजामती सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा सांसदहरुले आआफ्नो धारणा राखेका छन् । बैठकमा बुधबार उक्त बिधयेकको परिचय खण्डमा आएका ससोधनहरुमाथि छलफल भएको समिति सभापति शसि श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई सर्वसुलभ र सन्तुुलित बनाउनु पर्ने धारणा राख्नुभयो । उहाले स्थानीय, प्रदेश र संघ सबै तहमा निजामती कर्मचारीको सेवा, सुविधाहरुको एउटै हुनुपर्ने बताउनुभयो । त्यस्तै सांसद जनार्दन शर्माले निजामती कानुनको बिषयमा गहन छलफल गरी टुंगोमा पुग्नुपर्ने तर्क गर्नुभयो ।
समितिको बैंठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवालाई कानुनी रुपमा प्रभावकारी बनाइने जानकारी दिनुभएको थियो । समिति बिधेयकमाथि आएका संशोधनमाथि क्रमश छलफल गर्दे जाने जनाएको छ ।

