FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उद्योग मन्त्रालय पत्रकार सम्मेलन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    नेपालले चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने गरि चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ ।

    सन् २०१६ मा पारवहन सम्झौता भएपनि गत साता राष्ट्रपतिको चीन भ्रमणपछि कार्यान्यनमा आएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले चीन र नेपालको पारवाहन सम्झौताबारे जानकारी गराउँदै चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको बताउनुभयो । हाललाई तियान्जेन, सेनजेन, लियानयुगाङ् र झाङ्ग जियाङ गरि ४ सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सकिने र अरु क्रमश खुल्दै जाने सचिव अधिकारीले बताउनुभयो । सम्झौतासंगै चीनको भूमी हुँदै कोरिया, जापानलगायतका तेस्रो मुलुकमा वस्तु आयातनिर्यात गर्न पारवाहन मार्ग खुला भएको उहाले जानकारी दिनुभयो । यस्तै पारवहनका लागि सबै खुला सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने र हाललाई लान्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित