- Loading...
राज्य व्यवस्था समिति बैठक
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

प्रतिनिधिसभा अन्तगर्तको राज्य व्यवस्था समितिले बिधिबाटै समायोजनमा देखिएका सवै समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा मंगलबार कर्मचारी समायोजनाका बारेमा देखिएको समस्याका बारमो छलफल गर्दे समितिले व्यक्ती हावी नभइ सवै समस्या विधिबाटै हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनाका बारेमा देखिएका समस्या हल गर्न मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाँले समायोजनामा आएका निवेदनलाई गम्भीर भएर अध्ययन गरिने पनि बताउनुभयो । उहाले दुई नंवर प्रदेशमा पनि कर्मचारीको अभाव हुन नदिन मन्त्रीपरिषद्ले नै आवश्यक निर्णय गरेको जानकारी दिनुभयो । उहाले सरकारले खटाएको स्थानमा कर्मचारी जानै पर्ने तर्क गर्नुभयो ।बैठकमा सांसदहरुले समायोजनमा देखिएका समस्या तत्काल हल गर्न ध्यानाकर्षण गराए । सांसद पम्फा भूषालले कर्मचारीको बृतिविकासमा देखिएका अन्यौलता र अव्यवहारिक समायोजनालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । त्यस्तै दिलेन्द्र बडुले आफ्नो मान्छे राख्नका लागी समायोजनको कार्य भएको आशंका व्यक्त गर्नुभयो
सांसदहरुले मापदण्डका आधार मात्र समायोजना प्रक्रियालाई टुङ्गोमा पुराउन सुझाव दिए ।

