FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि मेला

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ८ पटक पढिएको
    Post Thumbnail

    नुवाकोटको ककनी गाउँपालिका ४ रानीपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६ हुने भएको छ ।
    पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजना मेला आयोजना गर्न लागेको जनाएको हो । स्वर्गीय पोष्टबहादुर बोगटीको आदर्शलाई जनस्तरसम्म स्थापित गराउँदै कृषकलाई कृषि पेसामा आकर्षण बढाउने, विषादीरहित अर्गा्निक कृषि उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने र कृषि पैदावरलाई उपभोक्ता बजारको पहुचमा पुयाउन कृषि मेला केन्द्रित गर्ने प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिनुभयो । मेलामार्फत कृषि क्षेत्रमा आधुनिक मल, बिउबीजन तथा आधुनिक औजार भित्र्याउन, राम्रो र उत्कृष्ट कृषकलाई प्रोत्साहित गराउने, उत्पादन बढाउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने उहाले बताउनुभयो ।
    कृषि मेलामा जिल्लाका १२ वटै स्थानीय तह र बाहिरी जिल्लाको पनि विशेषता झल्कने कृषि सामग्रीको स्टल राखिने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित