- Loading...
अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलन
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

नेपाल सरकार, कृषितथा पशुपन्छी बिकास मन्त्रालयले गठन गरेको माननियमन्त्रीज्यू को अध्यक्षतामा गठित प्राङगारिक कृषि प्रवद्र्धनकालागिउच्च स्तरीय कार्यदलले बैशाख ३१ र जेठ १ गते अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनको आयोजनाग¥यो । उक्तकार्यदलले प्राङगारिक कृषि प्रवद्र्धनकालागिअन्तर्राष्ट्रिय क्षेत्रमाभएकाअनुभव र प्रयासहरुको बारेमाजानकारी लिन यो कार्यक्रमआयोजना गरेको हो । पूर्व प्रधानमन्त्रीमाननीयश्री पुष्पकमलदाहाल प्रचण्डले उक्त सम्मेलनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तब्यमादाहालले प्राङगारिक कृषिअवको कृषिबिकासको एक मात्रबाटो भएकोले कसरी त्यस तर्फ नेपाली कृषिलाई लैजान सकिन्छ सो को खाकाबनाउन कार्यदललाई यस सम्मेलनले सघाउ पु¥याउने कुरा बताउनुभएको थियो । सांसद प्रदीपगिरीले समाजवादको कार्यान्वयनको उत्कृष्ट मोडेल दिगो कृषिको सुत्रधार प्राङगारिक कृषि प्रवद्र्धनको बिकल्पसमेत नभएको कुरा बताउनु भएको थियो ।
यस सम्मेलनमा क्युवा, भुटान र भारतका प्राङगारिक कृषिसंग सम्बँिधत बिशेषज्ञहरु, अभियन्ताहरु र बैज्ञानिकहरुले आ आफ्ना देशमा प्राङगारिक कृषि प्रवद्र्धनका लागि भएका प्रयासहरुका बारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यसै क्रममा नेपाली कृषकहरुले पनि प्राङगारिक कृषिसंग सम्बँिधत आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए । कार्यक्रममा नेपालका संघीय कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा मन्त्री र राज्यमन्त्री, प्रदेश भूमीब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरु, संघिय तथा प्रदेश सांसदहरु, कृषि क्षेत्रका उच्चपदस्थ सरकारी कर्मचारीहरु, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, स्थानीयतहका प्रमुखहरु, प्राङगारिक कृषिका अभियन्ताहरु, किसान सघसंगठनहरु, गैर सरकारी क्षेत्रकाप्रतिनिधिहरु, कृषिब्यवसायीहरु लगायतका बिभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।
सम्मेलनले हाम्रो जस्तो देशको अवको कृषि विकासको बाटो भनेको प्राङगारिक कृषि नै भएकोले यस तर्फ राज्यले प्राथमिकताका साथ दीर्घकालीन नीति, कार्यक्रम बनाइ अघि बढ्न पर्ने, रासायनिक मल र बिषादीको बिकल्पका प्रबिधिहरुको बिकास र बिस्तार गरी कृत्रिम रसायन, रसायनमा आधारित विषादी, हर्मोन र नसड्ने प्लाष्टिक बिस्थापित गर्नु पर्ने, सबैतहको शैक्षिक पाठ्यक्रममा प्रकृति, खेतिपाति र पोसिलो खाना समाबेश गर्नु पर्ने, आम नागरिकको जागरणका कामहरु गर्नु पर्ने, प्राङगारिक कृषि प्रवद्र्धनका लागि तिनै तहका सरकारहरुमा छुट्टै संस्थागत संरचनाहरु आबश्यक पर्ने, रसायन प्रयोग नै नभएका क्षेत्रहरुको पहिचान गरी प्राङगारिक क्षेत्र बिस्तार गर्नु पर्ने लगायतका बिषयहरुमा सुझावहरु दिएको छ ।
प्राङगारिक कृषि प्रवद्र्धनकालागि उच्च स्तरीयकार्यदलले यस अघि राजधानी, सबै प्रदेशसरकार र केही स्थानीयतहहरुमा समेत परामर्श र अन्तरक्रीया कार्यक्रम गरी सुझावहरु संकलन गरेको छ । यस सम्मेलनमा विशेषत प्रांगारिक कृषिमा अगुवाई गरिरहेका देशका बिषय बिज्ञहरु र नेपालका सरोकारवालाहरु बिचको बृहद परामर्शबाट महत्वपुर्ण सुझावहरु प्राप्तभएको छ ।


