- Loading...
कृषि प्रर्दशनी मेला २०७६ आयोजना गरिदै
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

श्रद्धेय दिवंगत नेता पोष्ट बहादुर बोगटीको स्मृतिमा सामाजिक तथा परोपकारी कार्य मार्फत् उहाको निष्ठा र आर्दशको राजनीतिलाई स्थापित गर्न तथा संस्थागत गर्न मिति २०७२ असोज २८ गते पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापित भएको छ । यस प्रतिष्ठानले नुवाकोटको ककनीमा २०७६ साल जेठ ४ गते देखि जेठ ८ गते सम्म ५ दिन पोष्ट बहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेला २०७६ आयोजना गर्दैछ । नुवाकोट जिल्लाको ककनी गाउपालिका सह आयोजक र नुवाकोटका दुई नगरपालिका एवं नौ गाउपालिका विशेष सहयोगी सहित कृषिसंग सम्बन्धित संघीय, प्रदेश र स्थानीय सरकारका विभिन्न कार्यालयहरुबाट विशेष सहयोग प्राप्त हुने विश्वासका साथ यो मेला आयोजना भएको छ ।

२०६४ सालमा नुवाकोट ३ बाट संविधान सभाको सदस्य पदमा निर्वाचित हुनु भएका उहाले आफ्नो दलको प्रमुख सचेतक भएर र नेपाल सरकारको ऊर्जा मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गर्नु भएको थियो । सरल, इमान्दार र सक्रिय नेताको रुपमा क्रियाशिल भएर तथा किसानहरु समेतको केन्द्रीय नेतृत्व गरेर राजनीतिक क्षेत्रमा काम गर्नु भएका उहाको सम्मानमा यो कृषि प्रदर्शनी मेलाको आयोजना भएको छ ।
बोगटीको कृषि क्षेत्र प्रतिको लगावलाई मध्यनजर राख्दै स्थानीय कृषकहरुबाट उत्पादित कृषि उत्पादन, पशुपंक्षी र मत्स्य व्यवसाय, जडिबुटी तथा कृषि एवं वन पैदावरमा आधारित घरेलु तथा परम्परागत उत्पादनहरुलाई बजारिकरण गर्ने, जनमानसमा स्थापित गर्ने र उत्पादक, कृषक तथा उद्यमीलाई आर्थिक तथा मनोवैज्ञानिक तवरले सवल बनाई कृषिमा निर्भर स्वाधीन अर्थतन्त्र निर्माणको आधार तयार गर्नको लागि र कृषि क्षेत्रको माध्यमबाट पर्यटन व्यवसाय प्रवर्धनमा सहयोग पु¥याउनको लागि यस मेलाको आयोजना गरिदैैछ ।
यस मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादनहरु आम उपभोक्ता माझ पु¥याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यम मार्फत् समुन्नत कृषि ग्राम निर्माणमा सहयोग पु¥याउने, अर्गानिक खेती प्रणाली सम्वन्धमा जनस्तरमा चेतनाअभिवृद्धि गर्ने, पशुपंक्षी तथा वाली उत्पादनमा कृषकहरुको जोखिम न्युनिकरण गर्ने, सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित अन्तक्रियात्मक कार्यक्रम मार्फत् आम कृषक तथा उपभोक्तामा सकारात्मक प्रभाव पर्न जाने विश्वास लिइएको छ ।

