- Loading...
नेपालमा धान,गहुँ उत्पादकत्वमा वृद्धि
- कृषि टि.भी.
- ४ साल अघि
- २६ पटक पढिएको

यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ ।
तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग गर्नु बताइएको छ । नार्कले मंगलबार काठमाडौमा आयोजना गरेको पत्रकार कृषि वैज्ञानिक अन्तर संवाद कार्यक्रममा नार्कले बाली, बागवानी, पशु, मत्स्य र सामाजिक आर्थिक क्षेत्रमा अनुसन्धान गर्न मुलुकभरिका ६२ कृषि र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, महाशाखा र बाली वस्तुविशेष कार्यक्रम र दुई अर्ब ३७ करोड ७८ लाखमा अनुसन्धान पुर्ण गरेको जनाएको छ । गहुँमा किसानलाई आत्मनिर्भर बनाउन त्यसमा लाग्ने खैरो सिन्दुरे, डढुवा, कालोपोके र सेतो ढुसीरोग अवरोधी बिएल ४३४१ विकास गरी खेतीका लागि सिफारिस गरिसकिएको प्रमुख बीउ विज्ञान महाशाखा प्रमुख ताराबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । नार्कले अलैँचीमा तन्तु प्रसारणको प्रयोगबाट रोगमुक्त बिरुवा निकाली वितरणको काम गरिरहेको बताइएको छ । नार्कले विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ सङ्कलन गरी भविष्यका लागि जिन बैंकमा संरक्षण गरिसकेको छ । नार्कले दुग्ध र मासुको उत्पादन वृद्धिका लागि अनुसन्धानका काम गरिरहेको जनाएको छ ।


