- Loading...
मल अभाव हटाउन माग
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दैैैै सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही हुने बताउनु भएको छ । राष्ट्रियसभाको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नु भयो । उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न उहाँले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गर्नु भयो । गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन शुरु गरेको बताउँदै केही दिन भित्रै सत्य तथ्य पत्ता लाग्ने विश्वास व्यक्त गर्नु भयो । भविष्यमा यस्ता घटना घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताउनु भयो ।
त्यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नु भयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते बस्ने भएको छ ।


