- Loading...
सहकारी मार्फत चामल बिक्री
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

दुर्गम क्षेत्रमा लक्ष्य अनुसार चामल बित्री नभए पछि खाद्य संस्थानले सहकारीलाई कमिसन दिएर बिक्री सुरु गरेको छ ।
टेन्डर प्रक्रियाबाट हवाई ढुवानी गर्ने प्रयास सफल नभए पछि संस्थाले सहकारी मार्फत बिक्री गर्न थालेको हो । सहकारी मार्फत चामल र गेडागुडी दुर्गमसँगै सहरी क्षेत्रमा पनि बिक्री सुरु भएको छ । संस्थानका अनुसार दुई साताको अवधिमा २ सय ६८ क्विन्टल चामल बिक्री भएको छ । थप बिक्री प्रक्रियामा रहेको संस्थानले जनाएको छ । सहकारीले डिपो, गोदाम तथा कार्यालयको बिक्री मूल्य प्रति केजी ५० रुपैयाँ भन्दा कम भएकामा ७ प्रतिशत र त्यस भन्दा बढी मूल्य भएकामा ६ प्रतिशतका दरले कमिसन दिएको छ । उक्त मूल्य ढुवानी, लोडर अनलोड र नाफा लगायत सबै त्यही भित्र पर्ने जनाएको छ । सरकारले नै तोकेको मूल्यमा बिक्री गर्दा जनतालाई धेरै राहत हुने अपेक्षा गरेको संस्थानको भनाई छ । उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले दुर्गम जिल्लामा सहज र सरल रूपमा खाद्य उपलब्ध गराउने नीति अनुसार सहकारीको प्रयोग भएको बताएको छ । सहकारी मार्फत ढुवानी गर्ने नीति सरकारको रहेको छ । सोही नीति अनुसार ढुवानी अनुदान दिएर चामल पठाएर सुपथ मूल्यमा बिक्री गरेको संस्थानले जनाएको छ । हाल संस्थानले अधिकांश चामल र गेडागुडी थापाथली गोदाम र अन्य जिल्लाका गोदामबाट मात्रै बित्री गर्दै आएको छ । सीमित स्थानबाट मात्रै बिक्री हुँदा समयमै पाउन नसकेको उपभोक्ताको गुनासो छ । अभाव सिर्जना हुन नदिन सहकारी मार्फत विक्रि सुरु भएको संस्थानको दाबी छ । सहकारी मार्फत बिक्री गर्न सरकारले ४ करोड बजेट निकासा गरेको छ । धान खरिद गर्दाको समर्थन मूल्यको रकम भने निकासा भइनसकेको संस्थानले जनाएको छ ।


