FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि बजेट प्रस्ताव

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३४ पटक पढिएको
    Post Thumbnail

    कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ का लागि २५ अर्ब २४ करोड दुई लाख रूपैयाँ बराबरको बजेट बनाएर अर्थ मन्त्रालयमा पेश गरेको छ ।
    अर्थ मन्त्रालयले पठाएको सिलिङको आधारमा सो बराबरको बजेट प्रस्ताव गरिएको हो । प्रस्तावित बजेट मध्ये सबै भन्दा बढी रासायनिक मल खरिदका लागि ७ अर्ब ६५ करोड रूपैयाँ छुट्याएको छ । बाली तथा पशुपंक्षी बीमा कार्यक्रम अन्तरर्गत बाली बिमामा ९ करोड र पशुपंक्षी बिमामा ३२ करोड रूपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले लाइभस्टक सेक्टर इनोभेसन आयोजनामा १ अर्ब ६० करोड बजेट प्रस्ताव गरेको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधृनिकरण परियोजनामा ४ अर्ब १७ करोड छुट्याएको छ । कृषि विकास क्षेत्र आयोजनामा १५ करोड बजेट प्रस्ताव गरिएको छ । कृषि पूर्वाधार तथा यान्त्रिकरण प्रवद्र्धन कार्यक्रमका लागि ७ करोड बजेट प्रस्ताव गरिएको छ । त्यस्तै, सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रमका लागि ११ करोड बजेट प्रस्ताव गरिएको छ । त्यस्तै कास्कीमा आधुनिक बङ्गुर औद्योगिक पार्क निमार्णका लागि ५ करोड, र खसी बोका आत्मनिर्भर कार्यक्रमका लागि ३ करोड, आयात प्रतिस्थापन गर्न आलु प्याज आत्मनिर्भर कायक्रमका लागि करिब १३ करोड रकम प्रस्ताव गरिएको छ । युवा कृषि कार्यक्रमका लागि १ अर्ब बजेट प्रस्ताव गरिएको छ । त्यस्तै, उखु प्रवद्र्धन कार्यक्रमका लागि ६८ करोड, दाना आयात न्युनिकरणका लागि १३ करोड र ब्लेन्डिङ मल कारखाना स्थापना र अनुदानका लागि २५ करोड रूपैयाँ बजेट प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै दूधमा मिल्क होलिडे नहोस् भनेर पाउडर प्लान्टको स्थापन गर्ने कार्यक्रम पनि राखिएको मन्त्रालयको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित