FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मौसम बदली

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही अपराह्न पछि मेघ गर्जन र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
    पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जानकारी दिएको छ । महाँँशाखाका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी र मेघ गर्जन सँगै जोडिएर आउने गर्दछ । प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने महाशाखाको भनाई छ । त्यस्तै विहिबार राति देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्न पछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताइएको छ । यसै गरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । अपराह्न पछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरी सहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबै भन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित