- Loading...
पशु दुव्र्यवहार
- कृषि टि.भी.
- ४ साल अघि
- २८ पटक पढिएको

पशुहरु प्रति गरिने दुव्र्यवहारलाई पशु कल्याण कानुनमा मानबिय अपराध सरहनै दण्ड सजायको व्यवस्था गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
विहिबार काठमाण्डौमा स्नेहाज केयरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हन् । नेपालमा पशुकल्याण ज्यादै कम बहसको विषय वस्तुको रुपमा रहेको अवस्थामा स्नेहाज केयरले यस विषयलाई जनमानसमा ल्याउन र पशुकल्याणलाई समाजमा स्विकार्य बनाउनका लागी सहजिकरण गर्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्दैे आएको पशु सेवा विभागका प्रबन्ध निर्देशक वंन्सी शर्माले बताउनु भयो ।
पशुकल्याण कायम गर्न पशुपंक्षिहरु प्रति हुने गरेका दुव्र्यवहारको अन्त्यका लागी प्रभावकारी कानुनी व्यवस्था र त्यसको कार्यान्वयनको लागी चुस्त र जिम्मेवार संयन्त्र आजको आवश्यकता भएको निर्देशक शर्माले बताउनु भयो । पशु कल्याण प्रत्यक्ष रुपमा मानव कल्याणसँग जोडिएको विषय भएकोले विद्यमान रहेका कानुनको प्रभावकारी कार्यान्वयन तथा आवश्यक थप कानुनको निर्माण तथा कार्यान्वयनबाट मात्र पशु कल्याणका साथ साथै मानव कल्याण सुनिश्चित गर्न सकिने छ । पशु स्वास्थ तथा पशु सेवा नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४, पशु कल्याण निर्देशिका २०७३, मुलुकी अपराध संहिता ऐन, २०७४ लगायतका कानुन, मापदण्ड तथा नियमावलीहरुले पशु कल्याणलाई केहि हद सम्म सम्बोधन गर्ने प्रयत्न गरेता पनि प्रभावकारी कार्यान्वयनको समस्या यथावत रहेको छ । मानबीय मुल्य, मान्यता र मानव सभ्यताको उचाईका लागी समेत पशुहरु प्रतिको दुव्र्यवहार, नकारात्मक धारणा र क्रुर व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको सरोकारवालाको भनाई छ ।


