FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उपभोक्तालाई सकस

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    उपभोक्तालाई सकस

    विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नपर्ने भएपछि चार महिनादेखि आयात रोकिएको छ .
    व्यापारीले क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न नसकेपछि चैतबाट खसीबोका आयात बन्द भएको हो . पशु सेवा विभाग अन्तर्गतक क्वारेन्टाइन एकाइ, काठमाण्डौका  अनुसार चैतदेखि क्वारेन्टाइन प्रमाणपत्र जारी भएको छैन ।  रोगी पशुृ  आयात बन्द गर्न स्वास्थ्य प्रमाणपत्र माग गरेको   पशुृ सेवा विभागले बताएको छ . अहिले  पशुृ क्वारेन्टाइनले कडाइ गरेपछि भारतबाट नेपालमा खसीबोका आयात शन्य छ   पश’सेवा विभागले विदेशबाट आयातित पश’ स्वस्थ रहेको प्रमाणपत्र पेस नगरेसम्म आयात अन’मति नदिन गत फगुनमा सीमा  क्षेत्रका क्वारेन्टाइन कार्यालयहरु लाई निर्देशन दिएको थियो . त्यसपछि भारतबाट खसी बोका आउने क्रम घटेको थियो ।  भारतबाट औपचारिक रुपमा खसीबोका आयात घटेपछि बजारमा मासुको मुल्य  किलोमै दुइ  सय पैंयासम्म महँगिएको व्यवसायीले बताएका छन .  क्वारेन्टाइनमा कडाइ गरिएपछि सीमावर्ती क्षेत्रका व्यवसायीले भने चोरी पैठारी गरी ल्याउने गरेको जानकारहरु  बताउछन  नेपालमा वार्षिक ४ लाख हाराहारी खसीबोका खपत हुने गरेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ . त्यसमध्ये भारतबाट वार्षिक चार लाख गोटा आयात हुने गरेको विभागले जनाएको छ  स्वदेशी उत्पादनले नथेगेर विदेशबाट वार्षिक करिब आठ अर्बको खसीबोका आयात भइरहेको छ  विगत वर्षको तुलनामा  यो वर्ष करिब साढे ७७ करोडको  पशुृजन्य बस्तुको  उत्पादन बढेको छ . कृषि तथा पश’पक्षी मन्त्रालयका  अनुसार दुध अण्डा, माछा, मासुको उत्पादन बढेपछि यो वर्ष ७७ करोड ७४ लाख ६५ हजार मुल्यको आयात प्रतिस्थापन भएको मन्त्रालयले जनाएको छ . मन्त्रालयका अनुसार  मासुजन्य उत्पादन  ८ दशमलव ४४ प्रतिशतले बढेर तीन लाख ५३ हजार टन, अण्डामा ६ दशमलव ८ प्रतिशतले बढेर एक करोड ३ लाख ७५ हजार  र माछा ७ दशमलव ४! प्रतिशतले वृद्धि भई ८५ हजार मेट्रिक पुगेको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित