- Loading...
पुष्पखेती प्रदर्शनी
- कृषि टि.भी.
- ४ साल अघि
- ३१ पटक पढिएको

नेपालमै पहिलो पटक सडकमा पुष्पखेती प्रदर्शन गर्न लागिएको छ ।पुष्पखेतीमा आत्र्मनिभर बनाउने उदेश्यले बुटवल क्षेत्रमा फुलका विरुवा रोप्न तयारी गरेको हो । खासगरी तिहारलाई लक्षित गरेर भारतबाट आयात हुने सयपत्री फुललाई रोक्नको लागि घर घरमा सयपत्री फुलका विरुवा उत्पादन गर्न प्रेरित गर्दै सडक पुष्प खेती प्रर्दशनी गर्न लागेको हो । लुम्बिनी पुष्प व्यवसायी संघको आयोजनामा हुन लागेको प्रर्दशनी, नेपालकै पहिलो भएको संघका अध्यक्ष रमेश पाण्डेले दावी गर्नु भयो । बुटवलको योगीकुटीदेखि राजमार्ग चौराहसम्म सडकको दुई डिभाईडरमा नमुना पुष्पखेती गरिने अध्यक्ष पाण्डेले बताउनु भयो । उहाका अनुसार पुष्प खेती प्रर्दशनीको लागि १२ वटा टोल विकास संस्थाहरुले सहभागीता जनाउने जानकारी दिनु भयो । लुम्बिनी नर्सरी तिलोत्तमा तथा बुटवल तामनगर नर्सरीले विरुवा उत्पादनको लागि एक एक लाख रुपैयाँ लगानी गर्ने भएका छन् । खासगरी लुम्बिनी भ्रमण बर्षलाई समेत लक्षित गरेर सडक पुष्प पर्दशनी गर्न लागिएको उहाले जानकारी दिनुभयो । डिभाईडरमा सयपत्री, मखमली, गोदावारी फुल करिव ५० हजार विरुवा रोप्ने तयारी गरिएको छ । रोपीएका विरुवाको हेरचाह, संरक्षण तथा उत्कृष्ठ बनाउने जिम्मा दर्ता गरिएका टोल विकास समिति, आमा समुहको हुने भनिएको छ । वर्षमा दुई पटक फुल फुलाउने गरी गरिएको तयारीमा पहिलो पटक दशैंको सेरोफेरोमा मुल्यांकन गरिने छ भने दोस्रो पटक तिहारको बेलामा मुल्यांकन गरिने छ । मुल्यांकन गरिएको फुलको उत्कृष्ठताको आधारमा उत्कृष्ठ ४ वटा समुहलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । मुल्याङकनका आधारमा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने समुहलाई क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिने गरी तयारी गरिएको, लुम्बिनी पुष्प व्यवसायी संघले जनाएको छ । दशैं तिहारको समयमा भारतबाट ठुलो मात्रामा फुल आयात हुने गरेको कारण आयात प्रतिष्थापनको साथै निर्यात प्रर्वद्धनको लागि जागरण स्वरुप यो कार्यक्रम गर्न लागिएको हो । उक्त प्रदर्शनीका लागि प्रदेशका विभिन्न मन्त्रालय, स्थानिय निकायहरुबाट सहयोगको अपेक्षा समेत गरिएको बुटवल तामनगर नर्सरीका सञ्चालक सृजना ढकालले बताउनु भयो । सडक हरभरा र सुन्दर देखाउनको लागि पनि सडकको विच डिभाईडरमा फुलका विरुवा समेत लगाइने तयारी गरिएको छ । उक्त स्थानमा रोप्नको लागि अहिले सयत्रपी, गोदावारी, मखमली फुलका विरुवा नर्सरीमा उत्पादन गरिएका छन् ।


