FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतले धान्दै तरकारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    भारतले धान्दै तरकारी

    ५ नं प्रदेशको मुख्य भन्सार नाका, बांकेको नेपालगञ्ज भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ ।
    नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपैयाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा सवा दुई अर्ब रुपैयाँको तरकारी भित्रिएको छ । नेपालगञ्ज भएर भित्रिने भारतीय तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयकाअनुसार आर्थिक वर्ष २०७५÷७६ मा भारतबाट एक अर्ब ३८ करोड मूल्यको तरकारी भित्रिएको छ । गत आर्थिक वर्षमा भारतबाट ६६ हजार ६ सय ८४ मेट्रिक टन आलु मात्रै भित्रिएको थियो । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ७७ करोड मूल्यको ३६ हजार ८ सय २९ मेट्रिक टन आलु भित्रिएको थियो । 

     भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा, भारतबाट भित्रिएको गोलभेडा, प्याज, लसुन, हरियो तरकारी, गेडागुडीजस्ता तरकारी, गत आर्थिक वर्षमा बढी भित्रिएको छ । भारतबाट ४८ करोड मूल्यको बोडी, ३४ करोडको प्याज, तीन करोड ६६ लाख मूल्यको गोलभेँडा, तीन करोड मुल्यको हरियो सागपातसहित तरकारी नेपालगञ्ज नाका भएर भित्रिएको छ । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ४१ करोडको बोडी, सात करोडको प्याज, ४४ लाखको गोलभँेडा, दुई करोडको सागपात तथा हरियो तरकारी, ४७ लाख मूल्यको केराउ भित्रिएको थियो । यस्तै आम नागरिकले राजश्व नतिरि दैनिक ठूलो परिमाणमा खुद्रा रुपमा समेत तरकारी भित्रयाउने गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित