FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णालीमा ९० प्रतिशत रोपाइँ

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    कर्णालीमा ९० प्रतिशत रोपाइँ

    धान रोपाइँमा सबैभन्दा अगाडि कर्णाली प्रदेश देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ९० प्रतिशत रोपाई भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा धान खेती हुने गरेको छ । कर्णाली प्रदेशमा रोपाई प्रतिशत राम्रो भए पनि अन्य क्षेत्रमा भने कमी छ । धान फल्ने मुख्य तराई क्षेत्रमा पर्याप्त रोपाई हुन सकेको छैन ।प्रदेश २ मा ३८ दशमलव ९ प्रतिशत कम रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा धान खेती हुने गरेको छ  । जसमध्ये साउन ६ गतेसम्ममा ५० दशमलव ४८ प्रतिशत मात्रै रोपाई भएको छ । उक्त क्षेत्रमा अघिल्लो वर्ष ८९ दशमलव ३८ प्रतिशत रोपाई भएको थियो । तराईका अधिकांश क्षेत्रमा रोपाई कम छ । मन्त्रालयको अनुसार अघिल्लो वर्ष अधिकांश प्रदेशमा रोपाई ७५ प्रतिशत माथि पुगेको थियो ।   

    यस वर्ष ५० देखि ६५ प्रतिशतको हाराहारीमा मात्रै रोपाई भएको छ । यसैबीच रोपाई ढिला हुनुको मुख्य कारण भने मनसुन परिर्वतनको कारण देखिएको छ । नेपालको खेती प्रणाली मनसुनमै आधारित छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाईका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता भएकाले यस वर्ष झन्डै १० दिन पछि सुरु भएको हो । त्यस्तै विभिन्न ठाउँमा आएको बाढी पहिराले पनि रोपाई प्रभावित भएको हो । मन्त्रालयका अनुसार मुलुकभरि १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाई हुने गरेको छ  । जसमध्ये यस वर्ष साउन ४ सम्ममा ६३ दशमलव ७९ प्रतिशत मात्रै धान रोपाई भएको छ । अघिल्लो वर्षको यस अवधिको तुलनामा १३ दशमलव ९५ प्रतिशतले कम हो । मन्त्रालयका अनुसार गत वर्ष साउन ४ सम्म ७७ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयको तथ्यांकअनुसार तराईमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाई हुने गरेको छ  । जसमध्ये ६० दशमलव २ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित