- Loading...
उखु किसानको रकम भुक्तानी गर्ने सहमति
- कृषि टि.भी.
- ४ साल अघि
- ३० पटक पढिएको

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बाग्मती सुगर मिलले किसानको उखुको रकम भुक्तानी गर्ने भएको छ ।
मिल सञ्चालकले एक सूचना जारी गर्दै गत माघ र फागुन महिनामा किसानहरुबाट खरिद गरेको उखुको रकम भुक्तानी गर्ने भएको हो । किसानले उखुको रकम भुक्तानी नभएको भन्दै गत जेठ ६ गते मिलको मुल गेटमा तालावन्दी गरि दिएका थिए । तर मिल संचालक भने किसानको तालाबन्दीप्रति उदासिन देखिएका थिए । यता मिल सञ्चालकले साउन ७ गते सुचना जारी गरी मिलमा किसानले लगाएको तालाबन्दीका कारण रकम भुक्तानी गर्न नसकेको जानकारी दिएपछि किसान थप आक्रोसित भएका थिए ।

मिल सञ्चालकले किसानमाथि अनाबश्यक दोष लगाउदै सुचना जारी गरेपछि आक्रोसित किसानले थप आन्दोलन गर्ने चेतावनी दिएका थिए । यसैबीच मिलका प्रतिनिधि, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र आन्दोलनरत किसानको समूहबीच बिहिबार विहान छलफल भएपछि रकम भुक्तानी दिने सहमति भएको छ । उक्त सहमतीपछि साउन १५ देखि पुर्जी संकलन गर्ने र २५ देखि रकम भुक्तानी गर्ने जानकारी दिएको छ । यता किसानको उखुको रकम भुत्तानी हुने भएपछि दुई महिनाअघि देखि मिलको गेटमा लागेको ताला किसानले खोलिदिएका छन ।।

