- Loading...
चौंरीफार्म पुनःस्थापना हुँदै
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

डोल्पामा राजनीतिक खिचातानीका कारण बन्द भएको चौंरीफार्म स्रोत केन्द्र पुनस्र्थापना हुने भएको छ ।जिल्लामा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न २०४५ सालमा चौंरीफार्म स्थापना गरिएको थियो । तर २०५५ सालमा बन्द गरिएको उक्त चौंरीफार्म पुनःस्थापना गर्न लागिएको हो । स्थानीय किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले चौंरीफार्म स्रोत केन्द्र स्थापना गर्न लागिएको सम्बद्ध अधिकारीले बताएका छन । चौंरी प्रजनन, चौंरीको दूध, चीज तथा ऊन उत्पादन गरी रोजगारी सिर्जना गर्न घोडाखोरमा चौंरीफार्म स्थापना गर्न लागिएको छ । बन्द भएको चौंरीफार्मलाई पुन स्थापना गर्न संघीय सरकारको भूमि व्यवस्था, हुने भएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ११ मा पर्ने घोडाखोरमा भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञ डोल्पामार्फत निमार्ण सुरु गरिएको छ । उक्त स्रोत केन्द्रले चौंरीका साँडे, दूध, दूधबाट चीज तथा ऊन उत्पादन गर्ने लक्ष्य राखेका छन । उक्त केन्द्रले स्थानीयलाई रोजगारी मिल्ने पशु चिकित्सकहरु बताउछन ।

स्थानीय समुदायमार्फत सञ्चालन गर्ने गरी चौंरीफार्म स्रोत केन्दको निमार्ण सुरु गरिएको केन्द्रले जनाएको छ । उक्त जिल्लामा चौंरीपालन व्यवसाय राम्रो भएकाले प्रवद्र्धनका लागि यो फार्म स्थापना गर्न लागिएको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । यस्तै स्थानीय तहमा यस्ता उत्पादनशील फार्म स्थापनाका लागि काम सुरु भएकोमा जनप्रतिनिधि तथा स्थानीय खुशी भएका छन । लामो समयदेखि गुमेको चौंरीफार्म पुनस्थापित हुँदा आफूहरूको खुसी फर्किएको स्थानीयले बताएका छन । चौंरीफार्म स्रोत केन्द्र स्थापना समितिका पदाधिकारीले विगतको जस्तै बन्द नहुने गरी अब दीर्घकालीन रूपमा स्थायी स्रोत केन्द्रका लागि कर्मचारीको व्यवस्था गर्नुपनि माग गरेका छन । पहिलो चरणमा घोडाखोरमा चौंरीको खोरस्थापना तथा घेराबारा निमार्ण र स्रोत भवन निर्माण सुरु गरिएको छ । उक्त स्रोत केन्द्रले चौंरी उत्पादनपछि छिमेकी जिल्ला जुम्ला, मुगु र हुम्लाका चौंरीपालन व्यवसायीलाई समेत राहत पुग्ने देखिएको छ ।।

