- Loading...
किसान मर्कामा
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

मोरङका किसान एकै सिजनमा खडेरी, बाढी र मल अभावको चपेटामा परेका छन । रोपाइँ गर्ने समयमा खडेरीले धानको बिउ जोगाउन मुस्किल हुँदै रोपेको धानसमेत बाढीले बगाएपछि पुन धान रोप्ने तयारीमा लाग्दा किसानलाई मल अभाव भएको छ । धान रोप्ने सिजन सकिनै लाग्दासमेत मल नपाएको मोरङका किसानले गुनासो गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण गर्दै आएका कार्यालय तथा सहकारी संस्थामा बिहानैदेखि मल लिन लाइनमा बस्दासमेत मल नपाएको उनीहरुले गुनासो गरेका छन । ‘कृषि सामग्री कम्पनी लिमिटेडमा मलको लागि लाइनमा बस्ने किसानले मल नपाएर खाली हात घर फर्कने गरेको बताएका छन्। । लिमिटेडको मल बेच्ने डिलरको जिम्मा पाएको बिराटनगरस्थित कदमहा कृषि सहकारी संस्थामा मलका लागि दैनिक किसान बिहानैदेखि धाउने भए पनि खाली हात फर्कनु परेको छ । मल अभावकै कारण धेरै किसानले खेत हिल्याए पनि धान रोपेका छैनन । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका अनुसार डीएपीबाहेक सबै मल पर्याप्त रहेको बताएका छन । अहिले कार्यालयमा चार हजार एक सय ८४ मेट्रिकटन युरिया् मल मौज्दात रहेको छ भने धानबालीको लागि साढे सात हजार मल आउने क्रममा रहेको बताइएको छ । यस्तै कम्पनीमा डीएपी मलको मौज्दात भने शून्य रहेको बताएका छन । किसानलाई भने धान रोप्ने समयमा डीएपी मलकै आवश्यकता परेको छ । अहिले डीएपी मल आउने सम्भावना नरहेको कृषि सामग्री लिमिटेडले जानकारी दिएको छ । गत वर्ष पनि हिउँदे बाली लगाउने समयमा कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कर्पोरेसनले पर्याप्त मल आयात गर्न नसक्दा पूर्वमा मल अभाव भएको थियो । सिजनका बालीका लागि चाहिने डीएपी मल अभाव हुँदा कृषक मर्कामा पर्ने गरेका छन ।।


