FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ग्लोबल आईएमई र जनता बैंक विच मर्जर, कारोबार मंसीर २० पछि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    जनता बैंकलाई मर्जर गरेर बन्न लागेको ग्लोबल आइएमई बैंक पुँजीलगायत विभिन्न सूचकका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक हुने भएको छ । जनता र ग्लोबल आइएमई मिलेर आगामी २० गतदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्दैछन् ।

    मर्जरपछि बैंकको चुक्ता पुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ । यो अहिलेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै पुँजी हो ।

    हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसंगै बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनता बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसंगै बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ । मर्जरपछि ग्लोबल आइएमई बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटीएम २ सय ५६ र २ सय ४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ । यसैगरी बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहक संख्या २० लाख नाघ्नेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित