FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रामेछापको उमाकुण्ड–५ मा नेकपा विजयी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई दोब्बर मतअन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

    कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाए भने सुनुवार ३ सय ८० मतमा खुम्चिइन् ।

    निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार राजकुमार सुनुवारले १० मत प्राप्त गरेका थिए भने राप्रपा संयुक्तका उम्मेदवार हर्कबहादुर तामाङले मात्र ७ मत प्राप्त गरेका थिए ।

    यो वडाका तत्कालीन वडाध्यक्ष कुवेर खत्रीको डेड वर्षअघि निधन भएको थियो । खत्रीको निधनपछि रिक्त पदपूर्तिका लागि शनिबार यहाँ उपचुनाव भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित