FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालका २८ जिल्लामा कृषि युवा उद्यम कार्यक्रम लागु हुदै । कृषकले अनलाईनबाटै आबेदन दिन पाउछन ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    सरकारले चालू आर्थिक बर्ष २०७६।०७७ देखि लागू हुने गरी २८ जिल्लामा ‘कृषि युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम प्रक्रिया २०७६’ स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।

    कार्यक्रम अन्र्तगत कृषि उद्यम तथा कृषि कर्म गर्न चाहने युवाहरुले कुल लागतको ५० प्रतिशत रकम सरकारले दिनेछ । कृषि तथा पशुपालनका क्षेत्रमा उद्यम गर्ने युवाहरुलाई सरकारले अनुदान दिनेछ । १८ बर्षदेखि ४५ बर्ष उमेर समुहका युवाले यो कार्यक्रम सहभागी हुन सक्नेछन् ।

    आफ्नै स्वामित्वको जग्गा वा कम्तीमा ५ बर्षका लागि लिज सम्झौता भएर उद्यम गर्ने युवाले सरकारी अनुदान पाउने छन् । ‘कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्य्विधि’ का आधारमा युवा कृषकलाइ अधिकतम २० लाख रुपैयाँसम्म अनुदान दिइने भएको हो ।

    अनुदानग्राहीले कार्यक्रम कार्यन्वयन इकाइले ३० दिनको म्याद दिइ सुचना प्रकाशित गरेपछि आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन् । अनुदानग्राहीले आवेदन अनलाइनमार्फत पनि भर्न सक्नेछन ।

    उत्पादनमुखी व्यवसायका लागि आवेदकले बाली, पशुधन तथा मत्स्य बीमा गरेको हुनु पर्नेछ । तर, तोकिएको व्यवसायमा बीमाको प्रावधान नभएको हकमा भने बीमा अनिवार्य नहुने मन्त्रालयले जारी गरेको प्रतिवेदन भनिएको छ । आवेदकले होडिङबोर्डसहित व्यवासयको नाम, प्रकृति, कुल लागत, अनुदान लगायतका देखिनेगरी राख्नुपर्नेछ ।

    यसरी दिनुहोस आवेदन स्

    कार्य्विधि अनुसार कार्यक्रममा सहभागि हुन चाहनेले अनलाइन फर्म भर्न सम्भव नभएमा विभागमा वा प्रधानमन्त्री कृषि आधुनिकीकरणमा समेत निवेदन दिन सक्नेछन् । कृषकले दिएको निवेदन स्थानीय निकाय वा प्रधानमन्त्री कृषि आधुनिकीकरणमा पास भई स्थलगत अध्ययन समेत हुनेछ। त्यसपछि पुँजीका लागि निवेदन केन्द्रमा आउने छ।

    ७ वटै प्रदेश कार्यक्रममा सहभागी हुनेछन् । जसअनुसार प्रदेश १ को सुनसरी, झापा, भोजपुर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, सर्लाही र बारा, प्रदेश ३ को धादिङ, सिन्धुपाल्चोक, चितवन र काठमाडौं उपत्यका र गण्डकी प्रदेशको बाग्लुङ, पर्वत, गोरखा र पूर्व नवलपरासी, प्रदेश ५ को गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, कपिलवस्तु र पूर्व रूकुम, कर्णाली प्रदेशको सल्यान र पश्चिम रूकुम र सुदुर पश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित