FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आफ्नै वाटरपार्कमा मेयरको माछा साम्राज्य

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १०६ पटक पढिएको
    आफ्नै वाटरपार्कमा मेयरको माछा साम्राज्य

    राजनीतिमा लागेका कतिपय नेतृत्वमाथि विभिन्न प्रकारका आर्थिक आरोप लाग्ने गरेकोे छ । सरकारी योजनाको दुरुपयोग तथा आर्थिक अनियमितताको आक्षेप पनि अधिकाशं नेतृत्वमाथि पर्ने गरेको छ । तर झापाको विर्तामोड नगरपालीकाका मेयर धु्रबकुमार सिवाकोटीले भने आफनो १६ रोपनी जग्गामा विषाल पोखरी बनाई माछापालनको तयारी गर्नुभएको छ । मेयर सिवाकोटीले उक्त क्षेत्रमा पुग्ने सबैलाई चकीत बनाउनुभएको छ । झापा जिल्लाको बिर्तामोड चोकबाट करिब एक किलोमीटर दक्षीण पश्चिम पसेपछि एक विशाल पोखरी देखीन्छ । सो पोखरीको मनमोहक दृश्यले जो कोहीको मनलाई आनन्दी बनाउछ । १६ विघा क्षेत्रफलमा फैलीएको सो पोखरीलाई हेभन वाटरपार्क नाम दिईएको छ । खास गरी राजनितीलाई अक्सर व्यापार व्यवसाय अर्थात फुल टाईम जागीरको रुपमा लिने मानीसहरुको बाहूल्यता छ हाम्रो देशमा तर यो सोच भन्दा विल्कुल फरक रुपमा उभिनु भएको छ झापा जिल्लाको बिर्तामोड नगरपालीका का मेयर धु्रबकुमार सिवाकोटी । कारण हो यो विषाल पोखरी अर्थात हेभन् वाटरपार्कको सञ्चालन सिवाकोटीले गर्नु भएको हो ।
    देख्दा यति रमाईलो लाग्ने माछापोखरीको स्थापना गर्नूको उद्येश्यको बारेमा कौतुहल्ता जाग्नु सामान्य कुरा हो । यहि कौतुहलता हामीलाई पनी थियो,अनि मेयर सिवाकोटी समक्ष बिषाल पोखरीको को बारेमा जान्नै ईच्छा जाग्यो र प्रश्न तेर्सायौँ अनि मेयर साहेबले माछा पोखरीको बारेमा यस्तो सुनौँ सुनौँ लाग्ने जबाफ दिनु भयो । वा मेयर ज्युको यस्तो सोच साच्चै गज्जब लाग्यो अनि हामीले जान्ने ईच्छा लाग्यो यस्तो गर्ने सोच चाहीँ कहाँ बाट आयो , जब मेयर ज्युले हाम्रो यो जिज्ञासालाई सम्बोधन गर्ने क्रममा हामीलाई भन्नु भएको कुराले हाम्रो मन भक्कानीयो , जब मेयर ज्यु छिमेकी मुलुक भारत घुम्न जानु भएको रहेछ,सोही समयमा उहाँलाई आन्द्र प्रदेशको पछलीपटनमको माछा अवलोकन गर्ने अवसर मिलेको रहेछ सो स्थानबाट नेपाल भित्रिने माछामा भारतमा क्यान्सरको औषधी बनाउने एक औषधी कम्पनीले नेपाली जनतामा क्यान्सर होस भनेर फर्मालीन सहीत माछा भित्राउने तितो यथार्थ थाहा पाएर नेपालीलाई अर्गानीक माछा खुवाउने उद्येश्यले यो कामको सुरुवात गर्नु भएको रहेछ ।
    विर्तामोड नगरापालीकाका मेयर धु्रबकुमार सिवाकोटी जस्तै सवै जनप्रतिनीधीहरुले राजनीतीलाई पेशा नबनाई अन्य पेशाबाट रोजीरोटी चलाउदै राजनितीलाई समाजसेवको रुपमा परिणत गर्ने हो भने देशका राजनितिज्ञमा जनताको बढ्दो वितृष्णाको अन्त्य हुने थियो की ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित