FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोशी टप्पुका ५ हात्ती चितवन लगीयो,पर्यटक घट्ने चिन्ता

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    कोशी टप्पुका ५ हात्ती चितवन लगीयो,पर्यटक घट्ने चिन्ता

    कोसी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्जमा लगिएको छ । यसबाट प्रदेश १ मा पर्यटक आवागमन प्रभावित हुन सक्ने चिन्ता जानकारहरुले व्यक्त गरेका छन् ।

    ठाउँ अभावको कारण देखाउँदै कोसी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौराहा लगिएको थियो । यसबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन ।

    सरकारले आगामी सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । प्रदेश १ मा रहेका पर्यटकीय गन्तव्य मध्येको एक कोसी टप्पुमा भएकै दरबन्दीसमेत कटाएर हात्ती अर्को ठाउँ लैजादा यहाँको पर्यटनलाई असर पर्ने देखिन्छ ।

    १० माउ हात्ती हुँदा जति पर्यटक घुम्न आउने हुन् त्यसको आधार दरबन्दी कटाउँदा पर्यटकको आकर्षण घट्ने जानकारहरु बताउँछन् । सरकारले सार्वजनिक गरेको पर्यटकका लागि उत्कृष्ट १०० गन्तव्यमा पर्ने कोसी टप्पु अर्ना र चराका लागि प्रख्यात हो । त्यसका अलावा सिमसार क्षेत्र, सप्तकोसी, अन्य विभिन्न जिवजन्तुका साथै हात्ती सफारीका लागि प्रदेश १ को एक मात्रै ठाउँमा रहेको सम्भावनालाई प्रदेश सरकारले चिन्न सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित