FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहयोगीकै भरमा छोटी भन्सार कार्यालय, सुरक्षा व्यवस्था नहुदाँ राजश्व संकलनमा समस्या

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    सहयोगीकै भरमा छोटी भन्सार कार्यालय, सुरक्षा व्यवस्था नहुदाँ राजश्व संकलनमा समस्या

    कञ्चनपुरको बैलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय दुई जना कार्यालय सहयोगीको भरमा चलेको छ । २०२० मा स्थापना भएको भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि उक्त दरबन्दीका कर्मचारी कैलाली भन्सार कार्यालयमा कार्यरत छन् । कार्यालय सहयोगी तेजबहादुर मडैका अनुसार नायब सुब्बा प्रत्येक महिना कार्यालयमा आउने गरेका छन । तर उक्त कर्मचारी आएपनि ८ देखि १० दिन मात्रै बस्ने गरेको छ । कैलाली भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालयमा हरेक महिना कार्यालय सहयोगी पनि परिवर्तन हुने गरेको कार्यालयले जनाएको छ । दरबन्दीका कर्मचारी नै नबस्ने भएपछि राजस्व संकलनमा कमी आउने गरेको छ । यता भन्सार कार्यालयको बाटो हुँदै भारतबाट सामान आयात हुने भएपनि थोरैले मात्र राजस्व तिर्ने गरेको स्रोतले बताएको छ । राजस्व संकलनमा आफुहरुले पनि कडाईका साथ नलागेको कर्मचारीहरुले स्वीकारेको छ । कार्यालयमा दुई जना सशस्त्र प्रहरीको दरबन्दी भए पनि राजस्व तिराउने विषयमा उनीहरु डराउने गरेका छन । उनीहरुका अनुसार राजस्व तिराए विभिन्न किसिमका धम्की आउने गरेको छ । उक्त कार्यालयमा सुरक्षा व्यवस्था नहुदाँ राजश्व संकलनमा समस्या भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समयमा तस्करी हुने गरेको पाइएको एक अध्ययनले देखाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ५५ हजार मात्र राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा २ लाख ५० हजार राजस्व संकलन भएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित