- Loading...
अम्रीसो खेतीमा धनकुटाका कृषक आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- ३१ पटक पढिएको

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालीका कृषकहरुको अम्रीसो खेतीतर्फ आकर्षित भएका छन् ।
अम्रीसोको फूल कुच्चोको रुपमा बिक्री गरेर राम्रो आम्दानी हने भएपछि किसान अम्रीसो खेती तर्फ आकर्षित हुदै गएका हुन धनकुटाका गाउँ–गाउँमा उत्पादन भएको अम्रीसो विभिन्न स्थानका व्यापारीहरुले खरिद गरी पुनः प्रशोधन गरेर भारत र बंगलादेशसम्म निर्यात गर्ने गरेका छन् । तर सो स्थानका अम्रीसो किसानहरुले उचित बजार नपाउदा मारमा परेका छन् । व्यापारीहरूले किसानको घरघर बाटनै कुचो संकलन गरेर लाने भएकाले बिक्री गर्न कुनै समस्या नरहेको भएपनी ‘ अम्रिसोको फूलको मूल्य स्थिर भने रहने गरेको छैन, घाँसमा समेत प्रयोग हुने कारण बजार मूल्यले अम्रिसो खेतीमा खासै प्रभाव पर्दैर्ने किसान गणेश बहादुर श्रेष्ठ बताउनु हुन्छ ।

अम्रिसो खेतीमा लागेका किसानका लागि विभिन्न तालिम,तथा निःशुल्क बिरुवा उपलब्ध मात्र गराउने हो भने पनि भिराला पाखाबारीको भू(क्षय कमी हुने डालेघाँसले पशुवस्तुमार्फत थप आम्दानी हुने र कुचो बेचेर नगद प्राप्त गरी स्थानीयको आर्थिक पक्षमा समेत राम्रो प्रभाव पर्ने कृषक बताउँछन् ।।

