- Loading...
दाङको पहाडी क्षेत्रमा टिमुर खेतीमा विस्तार
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

दाङको उत्तरतर्फका पहाडी भेगका स्थानीयलाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षलाई ‘टिमुर वर्ष’ का रुपमा शुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडीबुटी भएको र यसको बजार मूल्य महङ्गो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ । सोही कार्यक्रमका लागि डिभिजन वन कार्यालयको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार बिरुवा उत्पादन शुरु गरिएको छ । तीनवटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादनसमेत शुरु गरिएको छ । दुवै बहुवर्ष, बहुउपयोगी जडीबुटी भएको वन कार्यालयका प्रमुख ज्ञवालीले बताउनुभयो । वन कार्यालयका अनुसार केही वर्षमै जिल्लाको उत्तरी भेगमा टिमुरका बिरुवा लगाउने गरी योजना बनाएको छ । उक्त क्षेत्रमा विस्तृत अध्ययनपछि टिमुर रोपण कार्यक्रम ल्याइएको सोही कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय बताएको छ ।।


