FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पर्यटक लोभ्याउदै रुप्से झरना हेर्नुहोस् भिडियो सहित………..

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ४५ पटक पढिएको
    पर्यटक लोभ्याउदै रुप्से झरना हेर्नुहोस् भिडियो सहित………..

    अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकसीत भएको छ । बेनी मुस्ताङ सडकको छेवैमा पेर्ने रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्न दैनिक सयौंको संख्यामा आन्तरिक एवम् वाह्ै पर्यटकहरु आउने गर्दछन् ।

    सडक सुबिधा र पूर्वाधार निर्माणसंगै रुप्से र अन्धगल्छी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकसीत भएका हुन् । रुप्से झरनालाई नजिकबाट नियाल्दै पृष्ठभुमिमा पारेर तस्विर खिच्नेहरुको दिनहुँ घँुईचो लाग्ने गरेको छ ।

    विदा मनाउनेहरुका लागि रुप्से झरना पहिलो रोजाइमा पर्ने गर्दछ । पोखरा,कुश्मा,बागलुङ र बेनीबाट झरनाको अवलोकन गर्न सयौं युवा युवतीहरु पुग्ने गर्दछन् ।

    सडकमा गाडी रोकेर रुप्से र संसारकै गहिरो अन्धगल्छी अवलोकन गर्ने पर्यटकहरु त्यहाँको सौन्दर्यताबाट दंग पर्छन् । ७५ मिटर अग्लो छागोबाट खस्ने र त्यसपछि करिब एक किलोमिटर भिरालो पहाडमा नागबेली भएर बग्ने रुप्से झरना कालीगण्डकीमा मिसीने दोभान भन्दा केही माथि छ हजार ९६७ मिटर संसारकै गहिरो अन्धगल्छी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित