FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जन्म दिने बाबु आमाबाट ज्यान जोगाउनै कठिन भाग्दै ज्यान जोगाउन बाध्य हेर्नुहोस् भिडियो सहित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    Post Thumbnail

    प्रेम विवाह गरेको १० महिना बितिसक्दा पनि केटी पक्षले विवाह स्वीकार नगरेपछि सप्तरीका एक जोडी भूमिगत जीवन बिताउन बाध्य भएका छन् । भूमिगत जीवन बिताउन  मात्रै हाेइन उनीहरूले ९ महिनाको गर्भ लिएर लुकीलुकी हिँड्नुपर्ने बाध्यता समेत भाेगिरहेका छन् ।

    केटी पक्षले मानसिक यातना दिँदै अदालतमा समेत अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा नै दर्ता गराएपछि उनीहरुलाई भूमिगत जीवन बिताउने बाध्यता परेको हो । पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ की १९ वर्षीया कञ्चन मिश्राले गत माघ २ गते राजविराज नगरपालिका–१ का २३ वर्षीय रक्की झासँग प्रेम विवाह गर्नुभयो । विवाह गरेदेखि नै तनाव दिँदै आएका बुवा मनोज मिश्रा र आमा सावित्रीले यतिबेला आफ्नो पति र ससुराविरुद्ध मुद्दा नै दर्ता गराएपछि आफ्नो परिवारको बिचल्ली भएको कञ्चनले दुखेसो गरे ।

    आफूहरुबीच २ वर्षदेखि रहेको प्रेम सम्बन्धलाई राजीखुशी विवाह गरेपनि आमाबुवाले अनाहकमा मुद्दा दर्ता गराएपछि आफूलाई ९ महिनाको गर्भ लिएर लुकीलुकी बस्नुपर्ने बाध्यता परेको कञ्चनको भनाइ छ । उहाँले आमाबुवालाई पटकपटक सम्झाएपनि स्वीकार गर्न तयार नरहेको तथा आक्रामक रुपमा प्रस्तुत भइरहेकाले आफूहरुलाई सुरक्षित बस्ने वातावरण मिलाइदिन पहलका लागि सबैमा आग्रह गर्नुभयो ।

    आफू खुशीसाथ बसिरहेको भन्दै कञ्चनले आफ्नो परिवारमा तनाव नबढाउन आमाबुवालाई आग्रहसमेत गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित