FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रोगकिराको प्रकोपले सुन्तला उत्पादनमा कमि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    रोगकिराको प्रकोपले सुन्तला उत्पादनमा कमि

    गतवर्षको तुलनामा संखुवासभामा यसवर्ष सुन्तला उत्पादनमा कमि आएपछि बजारमा सुन्तलाको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
    गतवर्ष ५ हजार ३ सय १ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यसवर्ष ३ हजार ८ सय मेट्रिकटन सुन्तला मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । असिना पानीका साथै रोग किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमि आएको जिल्ला कृिष ज्ञान केन्द्रका प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभएको छ । सुन्तला खेतीका लागि प्रसिद्ध मानिएको जिल्लाको पाङ्मा, माल्टाको लेलुवा, माङ्तेवा, चैनपुर, मादी राम्वेनी तथा भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिछो र अरुण गाउँपालिकामा उत्पादनमा गिरावट आएपछि सुन्तलाको मूल्य बढेको किसानहरुको भनाइ छ । अघिल्लो वर्ष प्रतिकेजी ८० देखि १ सय रुपैयाँमा बिक्री भएको सुन्तला यसवर्ष १ सय २० देखि १ सय ४० रुपैयाँँसम्म बिक्री भइरहेको स्थानीय किसानहरुले बताएका छन । सुन्तला उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको खाँदबारी ५ माल्टामा सडक सञ्जाल व्यवस्थित हुन नसक्दा उत्पादित सुन्तला बजारसम्म ल्याउन कठिन भएको स्थानीयले गुनासो गरेका छन । सदरमुकामबाट करिव २० किलोमिटरको दुरीमा रहेको त्यसक्षेत्रको किसानहरुले आफ्ना उत्पादन डोकोमा बोकेर बजारसम्म ल्याउनुपर्ने बाध्यता छ । सदरमुकामबाट नजिकै रहेर पनि भौगोलिक विकटताका कारण वडाको बजेटले मात्र सडक सञ्जाल जोड्न कठिन भएकाले सडक निर्माणका लागि नगरपालिकाले थप सहयोग गर्नुपर्ने वडा कार्यालयको माग छ । जिल्लाका शिलिचोङ गाउँपालिकामा पर्ने माङ्गतेवाको छिङ्खा, बाला, याफुलगायतका क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुदै आएको छ । तर उक्त क्षेत्रमा सडक निर्माण र स्तरोन्नतिको कामलाई प्राथमिकता दिन नसक्दा उत्पादित कृर्षिजन्य बस्तुको बजारीकरणमा समस्या देखिएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित