
- Loading...
आलु आयातको झुटो कागज बनाइै ४१ करोड अवैध धन
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

आलु आयातको झुटो कागज बनाई ४१ करोड अवैध धन भारत पुरयएको आरोपमा दुई बैंकका २० कर्मचारीमाथि मुद्दा दायर हुने भएको छ ।
२०६९ साल जेठमा एक भारतीय नागरिकसँग एनआईसी एसिया र एसबीआई बैंकका कर्मचारीको मिलेमतोमा आलु आयात नै नगरी फर्जी प्रतीत पत्रमार्फत अवैध धन भारत पुर्याएपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर हुने भएको हो । मुद्दा दायर गर्न विशेष सरकारी वकिलको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल पेस गरी राय माग गरिसकेको छ । तर सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार कार्यालयले निर्णय गर्न भने बाँकी रहेकोे बताइएको छ । समाचार श्रोतका अनुसार २० जना भन्दामाथि १ अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । कपिलवस्तुमा दर्ता रहेको रेहान ट्रेडर्स नामक ट्रेडिङ कम्पनीमार्फत अवैध धन भारत पठाउने काम भएको स्रोतको दाबी छ । ‘कम्पनी भारतीय नागरिक प्रमोदकुमार जैसवालको नाममा दर्ता भएको देखिएको छ । तर जैसवाल कपिलवस्तुकै सामडिह गाविस–२ का नेपाली नागरिक हुन् भनी कम्पनी दर्ता भएको रहस्य खुलेको छ । भारतीय नागरिकका नाममा दर्ता रहेको उक्त कम्पनीले बैंकका कर्मचारीहरूसँगको मिलेमतोमा नक्कली प्रतीतपत्र बनाएको पाइएको छ । सोही नक्कली प्रतीतपत्र मार्फत नेपालमा आलु नै आयात नगरी करोडौ रुपैयाका धन भारत पठाइएकोे अनुसन्धानमा खुलेको छ । उक्त रकम भ्रष्टाचार, करछली वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जित भएको अनुमान अनुसन्धानले गरेको छ ।।


